तमु धिं नेपालले ३९ औं स्थापना दिवस, तमुहरुकाे भावना छ्ट्टिै सम्बोधन गर्छुः मुख्यमन्त्री पाण्डे

पोखरा,  जेठ ५ गते । तमु समुदायको पुरानो अग्रणीय सामाजिक संस्था तमु धिं नेपाल आजबाट ३९ औं वर्ष प्रवेश गरेको छ। स्थापना दिवसको अवसरमा संस्थापक, आदरणीय अतिथिहरु विभिन्न व्यक्तित्वहरुलाई सम्मान, साँस्कृतिक कार्यक्रमका साथै तमु धिद्धारा प्रकाशित क्यालेण्डर विमोचन गरिएको छ।

पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित स्थापना दिवस एवम सम्मान कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले उद्घाटन गर्नुहुदै तमुहरुको दुखेको मनको छ्ट्टिै सम्बोधन गर्ने बताउनुभएको छ।

 

 

तमु धिं एवम तमु समुदायलाई शुभकामना व्यक्त गनुहुदै मुख्यमन्त्री पाण्डेले वर्तमान गण्डकी प्रदेस सरकारमा तमु समुदायबाट कुनै मन्त्री समावेश नगरिएको भन्दै तमु संघ संस्था र समुदायको मन बिझेको मलाई थाहा छ, सरकार गठनमा तमुहरुको आवाज सम्बोधन हुनुपर्दछ भन्ने लागेकै हो तर प्राविधिक एवम् बाध्यताले छुट्न गएकाले भावनाको छिट्टै सम्बोधन गर्दै तमुहरुलाई समेट्ने बताउनुभयो।

 

 

गण्डकी सरकारमा एक जना पनि तमु समुदायलाई नसमेटेकाले आलोचना खेपिरहका मुख्यमन्त्री पाण्डेले हामीले समानुपातिक समावेशिता अपनाउदै आएका छौं गण्डकीको मुख्य जनसमुदाय मध्ये जाति तमु समुदायको सम्बोधन हुने दोहोर्याउनुभयो। विविधताको मुलुकमा सद्भावपुर्ण वातावरण छ विगतका विषयलाई परिष्कृत गर्दै नितिगत, कार्यक्रमिक र योजनामा पनि गण्डकी प्रदेश सरकारले तमुहरुले अपनत्व महसुस हुने गरी प्रस्तुत हुने उहाँको भनाई थियो।

 

 

मुख्यमन्त्री पाण्डेल भन्नुभयो तमुहरुको भाषा, सँस्कृति जगेर्ना, समृद्धि र विकासमा लाग्छु, मलाइृ झकझकाउनुस, केही गरौं भनेर केन्द्रिय राजनीतिबाट प्रदेशमा आएको हुँ, नागरिकका चाहना र आवाश्यकतालाई सिमित श्रोत साधनबाट सक्दो सम्बोधन गर्नुका साथै आफ्नो कारणले गण्डकीको जनताले शिर झुकाउनुपर्ने छैन।

 

 

कार्यक्रममा शुभकामना व्यक्त गर्नुहुदै गण्डकी प्रदेश सभा सदस्य, तमु धिं नेपालका निवर्तमान प्रथम उपाध्यक्ष सरस्वती गुरुङले हिजोका दिनमा तमुहरुको सेवक भएको, अहिले पनि सेवारत र भोलि पनि सेवा मै जुटिरहने बताउनुभयो।

 

 

तमु धिं नेपालको ऐतिहासिकता, संस्थापक अध्यक्ष कर्म तमुको योगदानको प्रसंशा गर्नुहुदै तमुहरुकै मतले विजयी हुनुभएका मुख्यमन्त्रीज्युले समुदायको भावनालाई उचित सम्मान गर्नुहुने विश्वास व्यक्त गर्नुभयो।

 

 

तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले शुभकामना व्यक्त गर्नुहुदै तमु धिं नेपालको स्थापना, संस्थाको ऐतिहासिकता र विगतलाई स्मरण गर्दै आगामी दिनका लागि क्रियाशिल रहनुपर्नेमा जोड दिनुभयो। तमु समुदायको भावनाको सम्बोधन, गैरआवाशिय नेपालीहरुलाई दोहोरो नागरिकताका लागि तमुहरु जुट्नुपर्ने बताउनुभयो।

 

 

तमु समाज युकेका अध्यक्ष शिवकुमार गुरुङले शुभकामना व्यक्त गर्नुहुदै तमुहरु एकतावद्धता, युकेमा स्थापित तमु समाज युकेको गतिविधी, तमु धिं नेपालसँग सहकार्यको चर्चा गर्नुहुदै अब तमु धिं लगायतका संस्थाहरुले नेपाल सरकारलाई विदेशमा भएका नेपालीहरुका लागि दोहोरो नागरिकताको आवाज उठाइदिन आग्रह गर्नुभयो।

 

 

उहाँले तमु धिं नेपाले प्रारम्भ गरेको गुरुङ संग्रहालयमा मौलिक सँस्कृति झल्कने घाँटु नृत्यसहितको प्रतिमा राख्ने र निर्माणाधीन रोधिं हलका लागि समाजको तर्फबाट १ लाख ५ हजार सहयोग हस्तान्तरण गर्नुभयो। यसरी नै आफ्नो व्यक्तिगतर्फबाट २५ हजार रुपैया तमु धिं नेपाल रोधिं भवन निर्माणार्थ र तमु कलाकारहरुलाई समेत रकम सहयोग प्रदान गर्नुभएको थियो।

 

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ संस्थागत शुभकामना व्यक्त गर्नुहुदै तमु धिं स्थापनाको ऐतिहासिकता, स्थापनाको उद्धेश्य, गरिदै आएको गतिविधी लगायत आगामी योजनाका बारेमा चर्चा गर्नुभयो।

 

 

 

उहाँले हालको गण्डकी प्रदेश सरकारमा कुनै पनि तमु सांसदहरुलाई मन्त्री मण्डलमा समावेश नगराएकोमा आपत्ति जनाउदै आगामी निति, कार्यक्रम र बजेटले तमु समुदायलाई विशेष प्राथमिता दिनै पर्ने बताउनुभयो।

 

 

हिजोका दिनमा भावनाको उचित सम्बोधन नहुदा तमुहरुलाई नै बहिष्कार गर्ने संघ संस्था र तमु समुदायले समयमै गण्डकी सरकारले तमु समुदायको भावनाको सम्मान नगरे चुनौतिपुर्ण अवस्था आउने चेतावनी समेत दिनुभयो।

 

 

यसैविच तमु धिं नेपालले प्रमुख अतिथि, मुख्यमन्त्री पाण्डेलाई आगामी निति, कार्यक्रम र बजेटमै समावेश हुने गरी माग समेत पेश गरेको छ।

 

कार्यक्रममा तमु धिं नेपालका संस्थापकहरु अध्यक्ष कर्म तमु,उपाध्यक्ष शंकर गुरुङ, सचिव शेरबहादुर गुरुङ, सदस्यहरु डा.खडग सिंह गुरुङ, रोश गुरुङ, तिलक गुरुङ, गजबहादुर गुरुङ, परमआदरणीय मेजरनी रुपकुमारी गुरुङ, आदरणीय अतिथिहरु दिलबहादुर गुरुङ, थमबहादुर गुरुङ, क्या.देवबहादुर गुरुङ, डिआइजी बुद्धिराज गुरुङ, तमु समाज युकेका अध्यक्ष शिवकुमार गुरुङ लगायतलाई सम्मान गरिएको थियो।

 

 

यसरी नै तमु धिंद्धारा प्रकाशित तमु क्यालेण्डर विमोचन र क्यालेण्डर प्रकासनका विज्ञापनदातालाई सम्मान, तमु कलाकारको पञ्चैबाजा र साँस्कृतिक प्रस्तुति, आमा समितिको नृत्य प्रस्तुति गरिएको थियो। कार्यक्रमका लागि  तमु धिं नेपाल केन्द्रिय आमा समितिद्धारा खाजाको व्यवस्था गरिएको थियो।

 

तमु धिं नेपालको अध्यक्ष हुमबहादुर गुरुङ अध्यक्षतमा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङ र सञ्चालन महासचिव जुनाकुमारी गुरुङले गर्नुभएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...