परम्परागत तारा खेल मुस्ताङमा र ठेलो खेल म्याग्दीमा हुने

पोखरा । परम्परागत तारा खेल मुस्ताङ र ठेलो खेल म्याग्दीमा हुने भएको छ ।प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा दुई छुटटा–छुट्टै प्रतियोगिता आयोजना हुने भएका हुन् । प्रदेश खेलकुद परिषदले स्थानिय परम्परागत खेलहरुको संरक्षण गर्न वार्षिक कार्यक्रममा ति प्रतियोगिताका लागि बजेट विनियोजन समेत गर्दै आएको छ ।

परम्परागत तारा खेल यहि जेठ १७ र १८ गते मुस्ताङको थासाङ गाउँपालिका वडा नं ३ लेतेमा हुने छ भने ठेलो खेल जेठ २० गते म्याग्दीको सदरमुकाम बेनीमा हुने प्रतियोगिताका संयोजक योगेन्द्र शेरचनले जानकारी दिएका छन् । परिषदका सदस्य समेत रहेका शेरचनले तारा र ठेलो खेलका लागि ११ वटै जिल्ला खेलकुद विकास समितिहरुलाई पत्रचार गरिएको बताए ।

 

परम्परागत तारा खेलमा ६ जिल्लाको सहभागिता हुने शेरचनले जानकारी दिंदै अन्य जिल्लामा खेलाडी भए समेत सहभागिताका लागि अनुरोध गरिएको उल्लेख गर्दै प्रतियोगितामा मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की र मनाङ जिल्लाबाट सहभागि हुनेछन् । प्रत्येक जिल्लाबाट एक टिममा ६ जना सहभागि हुन पाउने उनले जनाए ।

तारा खेलतर्फ प्रथम, द्वितिय र तृतिय हुने टिमले क्रमश नगद रु ७५ हजार, ५० हजार र ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सर्वश्रेष्ठ धर्नुधरले नगद रु ५ हजार र विशिष्ट धर्नुधरले नगद रु ३ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

जेठ २० गते म्याग्दीको सदरमुकाम बेनीमा हुने ठेलो खेलमा प्रथम, द्वितिय र तृतिय हुने खेलाडीले क्रमश नगद रु २५ हजार, १५ हजार र १० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । उक्त खेलमा सहभागिताका लागि ३ जनाको नाम परिषदमा पठाउन पत्रचार गरिएको छ ।

स्मरणिय के छ भने गत वर्षबाट परिषदले सुरु गरेको ति दुबै प्रतियोगिताहरु मध्ये गत वर्ष तारा खेल मनाङमा र ठेलो खेल कास्कीमा आयोजना भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...