प्रेस युनियन कास्कीको अध्यक्षमा मिश्र

नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा बासुदेव मिश्र निर्वाचित भएका छन् । युनियनको १०औं अधिवेशनबाट मिश्रको अध्यक्षमा नयाँ नेतृत्व निर्विरोध निर्वाचित गरेको हो ।

त्यस्तै उपाध्यक्ष खुला तर्फ बिजय लम्साल, उपाध्यक्ष महिला तर्फ ज्योती हमाल, सचिवमा धन वहादुर गुरुङ सुमन, सहसचिवमा सपना अधिकारी, कोषाध्यक्षमा निराजन अधिकारी निर्वाचित भए ।

 

त्यस्तै सदस्यमा सञ्जय आचार्य, अजय क्षेत्री, विवेक ढुंगाना, रोबर्ट घिमिरे, शिवप्रसाद न्यौपाने, अभिनन्दन बजिमय, प्रतिमा सापकोटा, दिपिका तामाङ, सविन विक र बल बहादुर रोका मगर छन् ।

 

आइतबार सुरु अधिवेशनमा अध्यक्षका आकांक्षी धेरै भएपछि सहमति जुटन नसक्दा साेमबार साँझ अग्रता पत्रकारले सहमतिमा नेतृत्व चयन गराउन सफल भएका हुन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...