आत्महत्यालाई प्राेत्साहन नगराैँ

पोखरा, जेठ ८ गते  ।आत्महत्यालाई प्राेत्साहन नहुने गरि समाचार प्रशारण तथा प्रकाशन गर्नुपर्नेमा जाेड दिइएकाे छ ।

प्रेेस क्लब गण्डकीकाे आयाेजना र काेशिस नेपालकाे सहकार्यमा आयाेजना आत्महत्या राेकथाममा सञ्चारकर्मीहरुकाे भुमिका विषयक छलफल कार्यक्रममा बाेल्ने बक्ताहरुले सञ्चारमाध्यमले प्रश्रय भन्दा त्यसलाई निरुत्साहित गर्ने गरि समाचार प्रकाशन गर्नुपर्नेमा आग्रह गरे ।

 

आत्महत्याका समाचारलाई सन्नसनिपुर्ण भन्दा सामान्य रुपमा प्रस्तुत गर्नुपर्नेमा सञ्चारकर्मीलाई आग्रह गरियाे ।समस्याले घेरिँदै जान थालेपछि त्यसलाई सामना गर्न चाहिने आत्मबल गुमाउँदा मान्छेले नकारात्मक बाटो रोज्न पुग्ने समेत उल्लेख गरियो ।

 

 

विश्व स्वास्थ्य संस्था डब्लूएचओको तथ्यांक अनुसार विश्वभर २० देखि २५ प्रतिशत मान्छेमा मनोसामाजिक समस्या देखाएको कोपिला नेपालकी बिना शिलवालले जानकारी दिइन्।

 

गरीब परिवारमा मात्र नभइ यो समस्याले धनी परिवारका सदस्य पनि आक्रान्त हुँदै गइरहेको मनाेपरामर्शविद् विजय राईले जानकारी दिए। यस्तो गम्भीर खालको रोगको उपचारका लागि राज्यबाट बेवास्ता भइरहेको छलफलमा वक्ताहरूले बताएका छन्।

 

अन्य रोग लागे भन्न सक्ने अवस्था रहे पनि मनोसामाजिक रोग लागे समाजबाटै हेयको दृश्टिले हेरिनेहुँदा यस्ता समस्या अरूलाई सुनाउन पनि नसक्ने अवस्थामा मनोसामाजिक रोगीहरू रहेको छलफलमा वक्ताहरूले बताएका छन्।

 

अनदेखा गरिएको गम्भीर खालको समस्याबारे कोशिस नेपालसँग सहकार्यमा कार्यक्रम गरिएको प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीले बताए । कार्यक्रममा क्लबका सचिव गाैरब त्रिपाठी र काेषाध्यक्ष राजु गिरीले बाेलेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...