तालिम तालिमका लागि मात्रै नभई, ब्यवहारीक र ब्यवसायिक बन्नुपर्छ : उपप्रमुख गुरुङ

पोखरा, जेठ ९ गते । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले तालिम तालिमको लागि मात्रै हुन नहुने बताउनुभएको छ । तालिम लिएपछि ब्यवहारीक र ब्यवसायिक बन्नुपर्छ उहाँले भन्नुभयो, ‘जुन उद्देश्यले लिएको, त्यसका लागि उपयोगित हुनुपर्छ ।’

पोखरा महानगरपालिका,वडा नं. १५ कार्यालयले आयोजना गरेको १५ दिने बारिष्टा तथा बेकरी तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले युवालाई आफनै देशमा श्रमका लागि सरकारले वातावरण, कार्याक्रम र योजना ल्याउनुपर्ने बताउनुभयो । ‘रोजगार स्वरोजगार बनाउने कार्यक्रम सरकारले ल्याउने र युवाहरुमा पनि स्वदेशमै बसेर केही गर्छौ भन्ने मानसिकता बजाउनुपर्छ ।’उहाँले पोखरा महानगरपालिकाले युवालाई रोजगार बनाउन ब्यवसाय प्रबद्र्धन गर्दै आएको र त्यसबाट अनुदान समेत उपलब्ध गराउदै आएको बताउदै त्यसकमा बारेका चासो राखेर बुझन आग्रह गर्नुभयो ।

 

युवाहरुलाई स्वरोजगार र उद्यमी बनाउने उद्देश्यका साथ वडाले आयोजना गरेको कार्यक्रम प्रशंसनीय रहेको बताउनुभयो । पोखरा महानगरपालिका, वडा नं. १५ कार्यालयले आफ्ना वडाका २५ जना युवायुवतीलाई बारिष्टा (कफि मेकिङ) तथा बेकरी तालिम दिएको हो । किङ्ग्स इन्टरनेशनल कलेज प्रालि, रुपन्देहीको प्राविधिक सहयोगमा निःशुल्क १५ दिने तालिम सम्पन्न भएको हो ।

 

पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले वडामा रहेका युवा तथा महिलाहरुलाई केन्द्रीत गरी विभिन्न तालिमहरु दिँदै आएको बताउनुभयो । उहाँले युवाहरू बेरोजगार भए, विदेशिने क्रम बढे भन्दै यसैलाई मध्येनजर गरी पहिले कपाल काट्ने तालिम आयोजना गरेको र अहिले बारिष्टा तालिम गरिएको उल्लेख गर्नुभयो ।

 

प्रशिक्षक मुना राना मगरले १५ दिने सीपमूलक तालिममा सक्रिय सहभागिताका लागि धन्यवाद दिँदै सिकेका ज्ञानलाई व्यवहारिक प्रयोगमा ल्याउन आग्रह गर्नुभयो ।प्रशिक्षार्थीका तर्फबाट शर्मिला परियारले तालिममा कफीबारे बुझ्न र बनाउन सिकेको बताउँदै अझै लामो समयको भए धेरै सिक्ने बताउनुभयो ।

 

तालिममा सहभागी २५ प्रशिक्षार्थीलाई उपमेयर गुरुङ, वडाध्यक्ष बानियाँ, प्राविधिक सहयोगकर्ता किङ्ग्स इन्टरनेशनल कलेजका डाइरेक्टर ठाकुरप्रसाद शर्मा, वडा सदस्य मन्दिरा परियार, बलराम पौडेल, सेतीमाया गुरुङ लगायतले सहभागिताको प्रमाणपत्र वितरण गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...