फिर्के खोला सरसफाइमा महानगर

पाेखरा, जेठ ९ गते ।पोखरा महानगरपालिकाले फिर्के खोला संरक्षण तथा व्यवस्थापन योजना अन्तरगत दायाँबायाँको भागमा रहेका झाडीहरू हटाउन सुरु गरेको छ ।

खोलाको आसपासमा बढिरहेको झाडीका कारण फिर्के खोलाको वास्तविक स्वरूप नदेखिएको र अनधिकृत रूपमा यसको अतिक्रमण बढेको पाइएकाले संरक्षण तथा व्यवस्थापनका लागि महानगरले पहिलो चरणमा झाडी हटाउन सुरु गरेको हो ।

फिर्के खोलाको दायाँबायाँ ५–५ मिटर क्षेत्रमा रहेको झाडी हटाइने छ । फिर्के कोरिडोर विकास अन्तरगत फुट ट्रेल र साइकल लेन निर्माण सहित सौन्दर्यीकरण गर्ने योजना महानगरपालिकाले बनाइरहेको प्रमुख धनराज आचार्यले बताउनुभयो ।

 

झाडी हटाउनका लागि महानगरपालिकाले १ सय जनालाई रोजगारी समेत दिएको छ । उनीहरूलाई जुत्ताहरू, हेलमेट, ग्लोबस् र काट्ने औजारहरू उपलब्ध गराइएको छ । काम गर्ने क्रममा दुर्घटना भए उनीहरूको स्वास्थ्य उपचार सहितको बिमा समेत गरिएको छ ।

 

उपप्रमुख मञ्जुदेवी गुरुङले फिर्के संरक्षण गर्ने दायित्व महानगरकाे भएकाे बताउदै सफाई अभियान सुरु गरिएको बताउनु भयाे ।

 

यसले वास्तविक फिर्केको अवस्था पहिचान गर्न, खोलाको दुवैतर्फबाट अनावश्यक झाडी हटाउन र फोहर तथा अन्य खोला भित्र रहेका अवरोध हटाउने काममा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...