पाेखरा वडा १ का १० ठाउँमा सिसि क्यामेरा जडान

पाेखरा, जेठ १२ गते ।पाेखरा महानगरपालिका वडा नम्बर १ ले वडाका विभिन्न स्थानमा सिसि क्यामेरा जडान गरेका् छ ।

वडा प्रवेश गर्ने चार नाका र मुख्यचाेकमा वडाले सिसि क्यामेरा जडान गरेकाे वढा अध्यक्ष सहारा प्रधानले जानकारी दिनुभयाे । वडा प्रवेश गर्ने प्रमुख नाका सिमपानि, नदिपुरस्थित प्रदेश प्रवेश गर्ने स्थान, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचाेक, हरिचाेक लगायतका स्थानमा क्यामेरा जडान गरिएकाे अध्यक्ष प्रधानले बताउनुभयाे ।

जनप्रतिनिधि निर्वाचित भएकाे एक वर्ष पुगेकाे अवसर पारेर वडा स्तरीय ८ लाख रुपैयाँको लागतमा क्यामेरा जडान गरिएकाे अध्यक्ष प्रधानले बताए ।वडाभित्र हुनसक्ने गतिविधि सिसि क्यामेरा मार्फत निगरानी गर्ने बताउदै कुनै दुर्घटना लगायतका कानुन विपरीतका गतिविधि नियन्त्रण गर्न प्रहरीलाई सहजता हाेस भनेर क्यामेरा राखिएको हाे अध्यक्ष प्रधानले भने ।

सिसि क्यामेरालाई वडा प्रहरी कार्यालय बगरले नियाल्ने गरि प्रहरीलाई जिम्मेवारी दिईएकाे छ । आज हामी एकदम खुशी छाै र   थप जिम्मेवारी महशुस गरेका छाैं वडा सदस्य शाेभा गुरुङले भन्नुभयो,  हामी हाम्रा वडाबासीहरूकाे सेवक बन्ने  प्रतिबद्वता गरेका थियौ र गत बर्षकाे बैशाखकाे निर्वाचनमा नागरिकले अनुमाेदित गर्दै विजयी गराउनुभयाे ।

उनले थप्दै भनिन जिम्मेवारी लिएको आज ठिक एक वर्ष पूरा भएको छ । यस सुखद अवसरमा हाम्रो वडाबासीहरूकाे शान्ति सुरक्षा एवम् अमन चयन कायम राख्न तथा अवाञ्छित गतिविधि राेक्न यस वडामा प्रवेश गर्ने चारवटै प्रवेशद्वार र चोक चोकमा सिसि क्यामेरा जडान गरेकाे छाै ।

 

 

वडाका चार नाका र मुख्यचाेकमा जडान गरिएकाे सिसि क्यामेराकाे वडा अध्यक्ष सहारा प्रधानले शुक्रबार उद्घाटन गर्नुभएको  छ ।सिसि क्यामेरा जडानकाे संयाेजककाे रुपमा वडा सदस्य रामजी प्रसाद पाैडेल रहनुभएकाे थियाे ।

 

त्यस्तै निर्वाचित भएकाे एक वर्ष पुगेको अवसरमा वडामा आउने सेवाग्राहीलाई निशुल्क फाेटाे कपिकाे व्यवस्था समेत गरिएकाे छ ।

 

 

 

जन्मदर्ता, मृत्युदर्ता, विभिन्न खालका सिफारिसहरूका साथै पञ्जिकाकरण सम्बन्धि काममा आउने सेवाग्राहीले फाटाेकपि गरेर नल्याउदा समस्या खेप्नु परेकाे भन्दै निशुल्क रुपमा वडा कार्यालयले फाेटाेकपि सेवा उपलब्ध गराउने व्यवस्था गरेकाे वडा सदस्य शाेभा गुरुङले सफल न्युज अनलाइनलाई जानकारी दिइन ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...