पुम्दिकाेटमा आन्तरिक तथा बाह्य पर्यटककाे भिड

पाेखरा महानगरपालिका २२ मा रहेकाे पर्यटकीय क्षेत्र पुम्दीकाेट ।याे आन्तरिक तथा बाह्य पर्यटनको आकर्षणकाे केन्द्र बनेकाे छ ।

गर्मी माैसमकाे सुरुसंगै यहाँ भारतीय पर्यटकाे संख्या बढेकाे छ ।भारतमा गर्मी बढेकाले सितलता खाेज्दै नेपाल घुम्न आउने र उनीहरुकाे प्रमुख गन्तव्य पुम्दिकाेटमा रहेकाे शिवकाे मुर्ति र त्यहाँबाट देखिने मनाेरम दृश्य नियाल्न लालायित हुने गरेका छन ।

पुम्दिकाेटमा पर्यटकलाई त्यहाँ पुगेपछि लामाे समय टिकाउने उदेश्यले पर्यटकिय पूूर्वाधार निर्माणका कार्य भै रहेका छन ।

 

पुम्दिकाेट धार्मिक क्षेत्र विकास समितिले झन्डै १ कराेडकाे लागमा पार्वतीकाे मुर्ति निर्माण लगायत अन्य संरचना निर्माण काम गरिरहेकाे छ ।२० फिट पार्वतीकाे मुर्ति र वरिपरि बाघले घेरिएकाे मुर्ति निर्माण भै रहेकाे छ ।

 

 

गण्डकी प्रदेश सरकारकाे १ कराेडले अन्य पूर्वाधार निर्माणकार्य भएको र मुर्तिका लागि थप ९० लाख खर्च हुने बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...