महिलाकाे अधिकार गठबन्धन दलले खाेसे :एमाले नेता अधिकारी

पाेखरा, जेठ १६ गते । राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा अखिल नेपाल महिला संघद्वारा कास्कीले अन्तरकिया, छलफल र सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ ।

कार्यक्रममा बाेल्दै नेकपा एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले महिलाहरुकाे अधिकार खास्ने काममा वर्तमान गठबन्धन सरकार लागि परेकाे आराेप लगाए । उनले स्थानीय तहमा प्रमुख  वा उपप्रमुख र  राष्ट्रपति वा उपराष्ट्रपति मध्ये एकजना हुनुपर्ने व्यवस्था विपरीत उमेदवार बनाएर महिलाकाे अधिकार खाेसेकाे आराेप लगाए ।

उनले गठबन्धन बनाएर निर्वाचनमा जादा महिलाकाे अधिकार खाेसिएकाे त्यस्तो काम नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा लगायतका दलले गरेकाे बताउदै महिला बिराेधि दल बनेकाे बताए ।उनले नेपाली महिलाहरुले आफनाे अधिकारका लागि ठुलो संघष गरेकाे बताउदै ती अधिकार खाेस्ने काममा कस्ले कस्तो भुमिका खेले भन्ने विषय जनताकाे वीचमा लैजानु पर्ने बताए ।गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री समेत रहेका अधिकारीले शसक्तिकरण कागजमा लेखेर मात्रै नहुने बताउदै त्यसका लाग  बजेटकाे व्यवस्था हुनुपर्ने बताए  । उनले क्षमताका  आधारमा महिलालाई जिम्मेवारी दिनुपर्ने बताए ।

 

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एंंव पाेखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले उपप्रमुखकाे भुमिका, न्यायिक समितिकाे गठन, क्षेत्राधिक, निर्णय गर्न पाउने र मेलमिलापका माध्यमबाट समाधान गर्ने विवाद बारे सहजिकरण गर्नुभएको थियाे । अनेमसंघ केन्द्रीय सदस्य एंव कास्की इन्चार्ज प्रभा काेइरालाले महिला अधिकारका क्षेत्रमा अनेमसंघले महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे बताउदै अझै जागरुक र संगठित बनाउदै अगाडि बढनु पर्ने बताइन । नेपाली महिला आन्दोलनकाे अगुवा संगठन अनेमसंघ भएकाे दावी गरिन ।

 

 

कार्यक्रममा अधिबक्ता सलिसा श्रेष्ठ, एमाले कास्कीका पार्टी सचिव बैनबहादुर क्षेत्री अधिकारी लगायत बाेलेका थिए ।कार्यक्रम अनेमसंघ कास्कीका अध्यक्ष गीता विश्वकर्माकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे । साेहि कार्यक्रममा अनेमसंमा कास्कीबाट निर्वाचितलाई सम्मान गरिएको थियाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...