नेपाली ओलम्पियनहरु  पोखरामा

पाेखरा, जेठ २० गते ।नेपाली ओलम्पियनहरु  पोखरामा भेला  भएका छन् । नेपाल ओलम्पियन्स संघको आयोजनामा पोखरामा दोस्रो ओलम्पियन पुर्नमिलन तथा ओलम्पियन सम्मान कार्यक्रमका लागि पाेखरामा भेला भएका हुन ।

पोखरा महानगरपालिकाको खेलकुद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीको समन्वयमा कार्यक्रम आयाेजना गरिएको हाे ।

कार्यक्रम अन्तर्गत शनिबार बिहान प्रभातफेरी आयाेजना गरियाे ।पाेखराकाे लेकसाईडस्थित हल्लनचाेकदेखि फेवाताल किनार बाराहिघाट सम्म प्रभातफेरी आयाेजना गरियाे ।

प्रभातफेरीमा नेपालका ओलम्पियन, पाेखरा महानगरपालिकाका प्रमुख, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव, पाेखरा महानगर खेलकुद समितिका अध्यक्ष लगायत खेलाडी र खेलप्रेमिहरुकाे सहभागीता  रहेकाे थियाे ।

प्रभाफेरीपछि सम्पूर्ण ओलम्पियनहरुलाई पाेखरा महानगरका प्रमुख धनराज आचार्यले खादा लगायर सम्मान र स्वागत गर्नुभयाे ।उहाँले खेलका माध्यमबाट नेपाललाई परिचित गराउन महत्त्वपूर्ण भुमिका खेलेकाे बताउनुभयाे ।

 

नेपाल ओलम्पियन्स संघका अध्यक्ष दिपक विष्टले ओलम्पियनहरुलाई एकै थलाेमा भेला गरेर चिनजान गर्ने अवसर जुटाउन खाेजेकाे बताए।

 

 

पहिलो ओलम्पियन पुर्नमिलन तथा सम्मान कार्यक्रम गत वर्ष असारमा काठमाडौमा भएको थियो । उपत्यका बाहिर पनि कार्यक्रम आयोजना गर्ने उद्देश्य अनुरुप यो वर्ष पोखरामा गरिएको ओलम्पिक खेलाडी दीपक विष्टले जानकारी दिनुभयाे ।

 

 

उहाँका अनुसार आज साँझ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको मुख्य आतिथ्यतामा पुर्नमिलन तथा सम्मान कार्यक्रम हुनेछ । जेष्ठ २१ गते संघको वार्षिक साधारणसभा हुनेछ । सोही दिन गण्डकी प्रदेशका खेलाडी, खेलकर्मी तथा खेलप्रेमीहरूसँग ओलम्पियनहरुको अन्तरक्रिया राखिएको उहाँले  बताउनुभयाे ।

 

 

सन् १९६४ देखि २०२० सम्म भएको ओलिम्पिकमा देशको प्रतिनिधित्व गर्ने ओलम्पियनहरुलाई एकै थलोमा सहभागी गराउन पूर्नमिलन कार्यक्रम आयोजना गरिएको हो ।

 

‘पहिलो पूर्नमिलन तथा सम्मान कार्यक्रम सफल भएबाट पनि हामी दोस्रो संस्करणको कार्यक्रम आयोजनाका लागि उत्साहित भएका छौं’ विष्टले भने, ‘नेपालले पहिलो पटक सन् १९६४ मा जापानको टोकियो ओलम्पिकबाट औपचारिक रुपमा ओलम्पिकमा सहभागिता जनाउन सुरु गरेको इतिहास छ । सन् १९६३ मा नेपालले अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) को सदस्यता प्राप्त गरेको थियो ।’

 

 

झण्डै ६ दशकको अन्तरालमा ९० जना नेपाली खेलाडीले ग्रिष्म (८८ जना) र शितकालिन ओलम्पिक (२ जना) मा सहभागिता जनाएको तथ्याङ छ । त्यसमध्ये १० जनाको मृत्यु भइसकेको छ । केहि ओलम्पियन विदेश छन् । पोखरामा करिब ५० ओलम्पियनको सहभागिता रहने अनुमान गरिएको छ ।

 

 

सर्भिस टु सोसाइटी सर्भिस टु ओलम्पियन भन्ने नाराका साथ विश्वभरका ग्रिष्म र शितकालिन ओलम्पियनहरुको छाता संगठनका रुपमा विश्व ओलम्पियन संघको स्थापना भएको थियो । सोही संघमा सदस्य राष्ट्रका रुपमा नेपाल ओलम्पियन्स संघको गठन भएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...