पार्टीलाई सुदृढ र एक ढिक्का बनाउन एमाले नेतृ थापाकाे आग्रह

पाेखरा, साउन २६ गते ।नेकपा एमाले स्थायी कमिटि सदस्य एंव कास्की जिल्ला इन्चार्ज  थममाया थापाले नेकपा एमालेलाई सुदृढ र एकढिक्का बनाउदै मिसन ८४ मा जुटन नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छन ।

नेकपा एमाले रुपागाउँपालिका पार्टी संयन्त्रकाे बैठकमा बाेल्दै २०८४ मा हुने निर्वाचनमा बहुमत ल्याउने गरि पार्टीलाई सुदृढ र एकढिक्का बनाउदै पहिलाे बनाउने याेजना सहित जुटन आग्रह गरिन ।

 

उनले पार्टीकाे संगठनकाे अवस्था बारे जानकारी लिन मिसन ग्रासरुट सञ्चालन गरिएकाे बताउदै पार्टीलाई जनताकाे विचमा स्थापित गर्दै  बहुमत ल्याउने गरि बैचारिक र राजनीति रुपमा प्रतिबद्व  भएर लाग्न अनुरोध गरिन ।

 

उनले संयन्त्र खास काम र समयकाे भएकाे उल्लेख गर्दै साउन महिनाभित्र पार्टी  सदस्यता नवीकरण गर्नुपर्ने बताइन ।  उनले प्रदेश र जिल्ला अधिवेशन हुने भएकाले २०८० सम्मकाे सदस्यता   नवीकरण साउनभित्र नगरे अधिवेशनमा प्रतिनिधि बन्न नपाइने समेत बताइन ।

 

साउनभित्रै नविकरण गर्न आग्रह गर्दै  उनले दिनभित्र पार्टी  सदस्यकाे घर घरमा गएर नवीकरण गराउन आग्रह गरिन ।

 

एमाले केन्द्रीय सदस्य एंव रुपागाँउपालिका इन्चार्ज मञ्जुदेवी गुरुङले चारदिनमा सदस्यता नवीकरण गरेर जिल्ला कमिटीमा पठाउन निर्देश दिइन । साउनभित्र नवीकरण नभए चुन्ने र चुनिने अधिकारबाट बञ्चित हुने बताउदै सदस्यता नविकरणमा जुटन आग्रह गरिन ।बैठककाे मुख्य एजेन्डा सदस्यता नवीकरण भएकाले यसकाे कार्यान्वयनमा जुटन निर्देशन दिइन ।

 

एमाले कास्कीका अध्यक्ष एंव सांसद मनबहादुर गुरुङले एमालेेले जनताकाे पक्षमा काम गर्दै जनताकाे मन जित्दै पहिलाे पार्टी बनाउने अभियानमा जुटनु पर्नेमा जाेड दिए ।

 

 

बैठकमा एमाले कास्कीका उपसचिव एंव रुपागाँउपालिका अध्यक्ष नवराज ओझाले  पालिकाकाे बारेमा जानकारी गराएका थिए भने १ देखि ७ सम्मका पार्टीका वडा अध्यक्षहरुले पार्टी सदस्यता नवीकरण लगायत गतिविधि बारे रिपोर्टिङ गरेका थिए ।

 

चार दिनभित्र घर घरमा गएर नवीकरण गराउन आग्रह ।सदस्य नवीकरण मुख्य एजेन्डा हाे ।यसकाे कार्यान्वयनकाे लागि जुटन निर्देश दिनुभया ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...