पाेखरा, कार्तिक २८ गते ।पाेखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले संस्कार र संस्कृति राज्यकाे सम्पत्ति भएकाले यसकाे संरक्षण गर्ने दायित्व र जिम्मेवारी सरकारकाे हुने बताइन ।
नेपाल संवतकाे अवसरमा पाेखरामा आयाेजित कार्यक्रममा बाेल्दै उनले विभिन्न जातीय संघसंस्थाले आआफ्नो संस्कार र संस्कृति संरक्षणकाे प्रयास गरिरहेको बताउदै उनले, याे काम हाम्रो हाे तर यहाँहरुले गर्नुभएकाे छ, हामी पनिसंगै छाै र सहयाेग गर्नेछौं ।
उपप्रमुख गुरुङले नेपाल सांस्कृतिक र धार्मिक रुपमा धनी रहेकाे बताउदै यस्ता संस्कार र संस्कृतिले सामाजिक सद्भाव कायम गर्ने उल्लेख गरिन । उनले राष्ट्रिय अखण्डता, स्वाधीनतालाई मजबुत बनाउने कार्यमा सहयाेग पुगेकाे बताउदै यहाँ रहेका कला,संस्कृति र संस्कार संरक्षण गर्न नेवाल लगायत जातीय संघसंस्थाासंग सहकार्य र सल्लाह सुझाव लिएर अगाडि बढने बताइन ।
उनले नेवाखल कास्कीले निर्माण गरेकाे संग्रहालयलाई नेवार संस्कार र संस्कृति सिक्ने थलाेेकाे रुपमा विकास गर्नुपर्नेमा जाेड दिए ।
नेवा खल कास्कीका अध्यक्ष अशाेक पालिखेले नेपाल संंवत नेवारहरुकाे मात्रै नभएर सबैकाे साझा भएकाे बताए ।उनले भने याे सबैकाे साझा नेपाली संवत हाे भन्द बिस्तारै साझा बन्दै गएकाे बताए । उनले हाम्रो भाषा, संस्कृति हामी आफैले गर्नुपर्ने बताउदै नेवार समुदाय वीचकाेफएकता आवश्यक रहेकाे बताए ।
अध्यक्ष पालिखेले नेवार संस्कृति झल्कने संग्रहालय निर्माण गरेकाे छ, यसले पाेखराकाे पर्यटन प्रबर्द्वनमा भुमिका खेल्ने बताए । कार्यक्रम अघि पाेखराकाे पृथ्वीचाेकबाट माैलिक पाेशाक सहित झाँकी निकालिएको थियाे । र्यालीमा ३० वटा समूहकाे सहभागीा रहेकाे थियाे ।
र्यालिमा तेर्सापट्टि तायमचा समिति प्रथम, द्वितीय कुडहर कचाखल,तृतीय फेदि नेवा खल र सान्त्वना जलारी समाज पाेखराले प्रााप्त गरे । विजेता समुहलाई महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ लगायतले पुरस्कार वितरण गरे ।