पाेखरामा आफ्नै बुवालाई खुर्पा प्रहार गरी छोराले गरे हत्या

पाेखरा, कार्तिक २९ गते । पोखरामा आफ्नै बुवालाई खुर्पा प्रहार गरी छोराले गरे हत्या गरेका छन ।

पोखरा महानगरपालिका वडा नं.१७ बिरौटा गोधुली संसार पथमा ४२ वर्षका रामु क्षेत्रीलाई उनकै छोरा वर्ष २२ को रविन क्षेत्रीले खुर्पा (हतियार) प्रहार गरी घाईते बनाएका थिए ।

 

बुवालाई प्रहार गरेपछि उनी फारार रहेका थिए भने घाईतेलाई तत्काल नै उपचारको लागि चरक मेमोरीयल अस्पतालमा पठाएकोमा १७:०० बजेको समयमा डाक्टरद्वारा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

 

आफ्नै बुवालाई खुर्पा प्रहार गर्ने ब्यक्ति फरार भएपछी प्रहरीले खोजीकार्य गरिरहेको थियो । प्रहरीले आफ्नो मातहत तथा अन्यत्र जिल्लामा समेत हुलिया, फोटो सहितको खोजतलासको लागि प्रहरी परिचालन गरिएको हो ।

 

त्यसैक्रममा प्रहरीले १६:०५ बजे जिल्ला प्रहरी कार्यालय कास्कीको संयोजनमा जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्ला पाल्पा स्थित प्रभासमा ग २० प ६०४७ नम्बरको मोटर साईकल सहित नियन्त्रण लिएर कास्कीमा ल्याएको प्रहरीले जानकारी दिएकाे छ ।

साथै उक्त घटनामा संलग्न ब्यक्तीलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडी बढाईएको प्रहरीले बताएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...