पोखरा, मंसिर १ गते ।पोखराका फाँट यतिबेला पहेँपुर देखिएका छन् । धान पाकेपछि फाँटहरु पहेँलपुर भएका हुन् । पोखराको धान फल्ने मुख्य फाँटमा यति बेला धानका बाला झुलेका छन् ।
धान पाकेर पहेँलपुर भएपछि त्यो आन्तरीक पर्यटकको केन्द्र समेत बनेको छ ।धान खेतमा फोटो खिचाउनेहरुको समेत भिड लागेको छ । पोखराको फेवाफाँटमा यतिबेला जेठोबुढो धान खेतमा लहलहै भएको छ । धान पाकेर पुरै फाँट पहेँलपुर देखिएको छ । लेकसाइड, खपौदी र पामे जाने आन्तरीक पर्यटक पहेलपुर धानको दृश्यले लोभ्याएको छ । गुलजार बनेको खपौदी र पामे जाने आन्तरीक पर्यटकको ठुलो भिड बढेको छ । फेवाफाँट किनार हुदै खपौदी पुग्नेहरु जेठोबुढो धानलाई पृष्ठभुमिमा पारेर फोटो खिच्नेहरुको लाइन समेत देखिन्छ ।
जेढोबुढो धान पोखराको बा्रण्ड हो । पोखराको ब्राण्ण्ड बनेको यो धानको धामल पोखरा आउनेहरुले कोसेलीका रुपमा लागने गर्छन । यो धानको माग पोखरा बाहेक अन्य जिल्लामा समेत माग बढदो छ । त्यस्तै पोखरा १३ विजयपुर फाँट, पोखरा १४ कुडँहर फाँट, पोखरा १७ विरुवा फाँट,पोखरा २२ पुम्दीभुम्दीको फाँटमा समेत जेठोबुढो धान पाकेको छ । यति बेला किसानलाई धान काट्ने चटारो सुरुभएको छ । धान काट्ने र कुनियो लगाउन भ्याइ नभ्याइ भएको छ । असारमा मानो रोपेका किसानलाई यति बेला धान काटने, दाई लगाएर मुरी भित्राउने चटारो छ ।