पाेखरा, मंसिर ३ गते ।भुकम्पले घरबार बिहिन भएकाहरुका लागि राष्ट्रिय युवासंघले अस्थाई घर निर्माण गर्ने भएकाे छ । रुकुम र जाजरकोटका अस्थायी संरचना निर्माणका लागि गण्डकी प्रदेशबाट ५० जना युवा जाजरकोट पुगेका छन ।
गण्डकी प्रदेशबाट ५० जना युवाहरुले त्यहाँ स्वयंसेवकका रुपमा घर निर्माण गर्नेछन । शनिबार बिहान ८ बजे हिडेकाे टाेलि आज बिहान जाजरकाेट पुगेकाे हाे ।
युवा संघले २ हप्ता श्रमदान गर्ने छन भने त्यहिबाट पार्टीकाे मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान संग जोडिएर टिम फर्कने राष्ट्रिय युवा संघ नेपाल कास्कीका अध्यक्ष पानबहादुर जिसीले जानकारी दिए । टोलिको नेतृत्व युवा संघ कास्कीका अध्यक्ष कमरेड जि. सि.ले गरेका छन ।